
२३ आषाढ २०७८, बुधवार
पोखरा बाटुलेचौर-१६ की १५ वर्षीया किशोरी समृद्धि राई बेपत्ता भएकी छन् । बुवा नविन राईका अनुसार मंगलबार साँझ सवा पाँच बजेदेखि उनी घर फर्किएकी छैनन् ।
उनको परिवाले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदनसमेत दिइसकेका छन् । ‘साथीभाइ, छरछिमेक सबैतिर खोजिसक्यौ,’बुवा नविनले ,‘हरियो टिसर्ट र फुलबुट्टे जामा लगाएर हिजोदेखि हिँडेकी छोरी अहिलेसम्म घर फर्किएकी छैन ।’