४ भाद्र २०७७, बिहिवार
पोखरा ५ मालेमाटनको एक परिवारमा १३ जनामा कोरोना सक्रमण देखिएको छ । परीक्षण गर्दा ५ दाजुभाइ रहेका जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए । कोरोना सक्रमण लागेका मध्ये एक जना सहकारीमा काम गर्ने गर्दथिन ।
कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप २ जना संक्रमित थपिएका छन्। उनीहरू सहकारीमा काम गर्ने महिलाका देवरका छोराछोरी रहेको नेपालीले बताए । उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ भने यसअघि नै संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसनमा राखिएको छ ।
पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ ना निको भएर घर फर्किसकेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर