२३ आषाढ २०७८, बुधवार

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९८९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९८९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले बुधबार जनाएको छ।

आज देशभर थपिएका कोरोना संक्रमित मध्ये काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरका ६७ जना रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर