२३ आषाढ २०७८, बुधवार

गैर आवासीय नेपाली संघ ( एनआरएनए)मलेसियाको युवा संयोजकमा मलेसियामा विभिन्न संघसस्थामा रहेर काम गरिरहेको युवा               समिर मल्लले(२०२१-२०२३)कार्यकालको लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएन मलेसियालाई अहिलेको भन्दा धेरै राम्रो वनाउन र मलेसियामा रहेका युवालाई एनआरएन प्रतिआकर्षित गर्दे अभै थप कार्य गर्नको लागि आफु उम्मेद्धवार वन्न लागेको समिरले वताए ।

सामाजिक कार्य र अशल आचरण मार्फत एनआरएनए प्रतिको नकारात्मक धारणालाई परिवर्तन गराउन र युवालाई एनआरएनको मुल प्रबाहमा जोड्नु आफ्नो हद सम्म प्रयास रहने उनले वताए

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पुर्व अध्यक्ष,अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बरिष्ठ उपाध्यक्ष,प्रवासि नेपाली समन्वय समिमि(पिएनसिसि)मा समेत रहेर काम गरिरहेका मल्ल सग विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गर्दै सामाजिक कार्यमा लैजान सक्ने क्षमता रहेको छ ।

श्रमिक हरुको हक, हितको अधिकारलाई सुरक्षित गर्नको लागि नेपाली राजदुत मलेसिया समन्वय गरि समस्याहरुको पहल गर्दै आएका मल्ल सामाजिक सेवा गर्नु पर्ने र त्यसको लागि युवा हरुको भुमिका बलियो बनाउनु पर्नेमा उनको जोड छ ।

गैर आवासीय नेपाली संघ मलेसियाको(२०२१-२०२३) कार्यकालको लागि यहि जुलाई २५ तारिख सातौं अधिवेशन हुदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर