२३ आषाढ २०७८, बुधवार

पाल्पामा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

मत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सुदीप गैरे रहेका छन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुन ढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ चरचरेमा बुधबार बिहान ६ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउँदा गर्दा मृत्यु भएको छ ।

टिप्पर राजमार्गभन्दा करीव ३०० मिटर तल खोलामा खसेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर