२३ आषाढ २०७८, बुधवार

यूरोपमा जारी १६ औं संस्करणको यूरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ ।

लण्डनको वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् ।

इङ्न्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

वेम्ब्ली स्टेडियममा समुह चरणका ३ खेल तथा नकआउट चरणका खेलहरु सम्पन्न भैसकेका छन् भने गए राति पहिलो सेमिफाईनलको खेल पनि यही रंगशालामा खेलाइएको छ ।

अब आज राति हुने खेल तथा फाईनल खेल पनि यही रंगशालामा खेलाइने छ ।

यो रंगशालाको कुल दर्शक क्षमता ९०,००० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर