२२ आषाढ २०७८, मंगलवार

विदामा आएर वा नयाँ कामका लागि साउदी प्रवेश गर्ने नेपाली कामदारको क्वारेन्टिन खर्च रोजगारदाता आफैले बेर्होर्ने नियम लागू भएको छ ।

नेपाली दूतावास साउदीद्धारा जारी गरिएको सूचना अनुसार घर विदामा आएर साउदी फर्किने नेपाली कामदारले ७ दिन संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने र त्यस वापतको झण्डै ३५ सय साउदी रियाल रोजगारदाता आफैले बेहोर्नुपर्ने नियम लागु गरिएको हो ।

मई २० पछि साउदी प्रवेश गर्ने कोभिड १९ विरुद्धको खोप नलगाएका विदेशी नागरिक साउदी पुगेपछि अनिवार्यरुपमा सातदिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेपछि दूतावासले तत्कालै साउदी सरकारसँग पहल गरी नेपाली कामदारले संस्थागत क्वारेन्टिन खर्च तिनु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको जनाएको छ ।

यस विषयमा दूतावासले निरन्तर पहल गरिरहेको हुनाले साउदी अरबमा आउने कामदारहरूको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको दूतावासले जनाएको छ ।

‘तसर्थ, साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको हुँदा छुट्टीमा घर गएर साउदी फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टिनको खर्चका बारेमा आ–आफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ,’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ, ‘साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकोले क्वारेन्टिनका नाममा हुनसक्ने संभाव्य ठगीबाट बच्नु हुन समेत अनुरोध छ ।’

मलेसियामा पनि लागु गराउन दुतावासले पहल कहिले गर्ला ?
मलेसियामा भने यो नियम लागु गराउनको लागि नेपाली दुतावासले कुनै पहल गरेको छैन । अहिले पनि कोरोनाको खोप नलगाएकालाई मलेसियामा काम गर्न जानको लागि रोकि राखेको छ । जसको कारण हजारौ कामदार नेपालमा रोकिएका छन । यदि खोप लिएर गएको भएपनि उनीहरु आफनै खर्चमा २१ दिन सम्म क्वारेन्टाईनमा वस्नु पर्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर