२२ आषाढ २०७८, मंगलवार

युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् ।

इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ ।

इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ ।

इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर