२१ आषाढ २०७८, सोमवार

सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार  बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

https://amzn.to/4myfPN5

प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिक तर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिल चन्द्र तिवारी बढुवा भएको उनले बताए । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर