
२१ आषाढ २०७८, सोमवार
निर्माता/ निर्देशक शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई सोमबार बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।
ललितपुरको कुपण्डोलमा बस्दै आएका राणालाई पाटन उच्च अदालतले १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर गरेकाे थियाे । त्यसपछि उनी लुक्दै आएका थिए ।
२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएका थिए तर, र ब्यालेन्स नभएकाे चेक दिएपछि उनी बिरूद्ध उजुरी परेका थिए ।
‘रकम नभएको भन्ने जानी जानी झुक्याकनमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् । विभिन्न विज्ञापन निर्देशन गरेका राणा पछिल्लाे समय फिचर फिल्न निर्देशनमा लागेका छन् ।