२१ आषाढ २०७८, सोमवार

पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० थपिएका  छन् । यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३/२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर