२१ आषाढ २०७८, सोमवार

खोटाङको जन्तेढुंगा गाउँपालिका कोरोना भाइरस (कोभिड १९) संक्रमण मुक्त भएको छ । गाँउपालिकामा संक्रमित भएका सबै निको भएसँगै गाँउपालिकामा संक्रमण मुक्त भएको हो ।

https://amzn.to/4myfPN5

दोश्रो भेरियण्टबाट ८३ जना संक्रमति भएको गाउँपालिकामा बाँकी रहेका चिसापानीका कार्की थरका एक जना संक्रमित कोरोना संक्रमण मुक्त भएपछि शुक्रबारबाट गाउँपालिका संक्रमण मुक्त बनेको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

वैशाखबाट सुरु भएको संक्रमित संख्या शुन्यमा झरेसँगै गाउँपालिका कोरोना संक्रमण मुक्त गाउँपालिका भएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । संक्रमितलाई होमआइसोलेसनमा राख्ने व्यवस्था गरिएको थियो ।

गाउँपालिकामा ३५८ जनाको एण्टीजेन र ४१ जनाको पिसिआर परिक्षण गर्दा एण्टीजेन परिक्षणबाट ७० जना र पिसिआर परिक्षणबाट १३ जनामा पोजेटीभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर