२१ आषाढ २०७८, सोमवार

जरबैजानमा रहेको क्यास्पियन सीको किनारा नजिक तेल र ग्यास फील्डमा भयंकर विस्फोट भएको छ ।

https://amzn.to/4myfPN5

विस्फोट निकै विशाल भएकाले आकाशमा आगोका ठूला ज्वालाहरू देखिएका थिए ।

तेलको ट्यांकर यस विस्फोटमा ध्वस्त भएको आशंका गरिएको छ ।

अजरबैजानको आकस्मिक परिस्थिति मन्त्रालयले दुर्घटनाका कारण विस्फोट भएको भन्ने समाचारहरूको खण्डन गरेको छ ।

त्यहाँको सरकारी तेल कम्पनीले विस्फोटका लागि मड भोल्केनो अर्थात् हिलो ज्वालामुखीलाई जिम्मेवार ठहर गरेको थियो तर पछि उसले आफ्नो बयान डिलिट गरेको छ ।

कम्पनीको काम सही रूपमा चलिरहेको कम्पनीले जनायो ।

अजरबैजानमा मड भोल्केनोहरू प्रशस्त छन् र ती विस्फोट भइरहन्छन् । ज्वालामुखीबाट आगो र लाभाको स्थानमा माटो निस्कने गर्छ । यसबाट ग्रीनहाउन ग्यास समेत निस्कने गरेको छ ।

मड भोल्केनोलाई निस्कने ग्यासमा मिथेन ८६ प्रतिशत रहन्छ । मिथेनको प्रज्वलनशीलताका कारण कहिलेकाहीँ विस्फोट भएर आगो निस्कने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर