
२१ आषाढ २०७८, सोमवार
ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि नियमित उडान हुने भएको छ ।
कोरोना संक्रमणकका कारण स्थगित उडान २ महिनापछि सुरु हुने भएको हो ।
सोमबार काठमाडौँबाट यात्रु लिएर आएको जहाज भने मौसम खराबीका कारण अवतरण नभएको विमान स्थलका प्रमुख लोकेन्द्र हाङगामले जानकारी दिएका छन् ।
सुकेटारमा अब हप्तामा ४ दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने विमानस्थलका प्रमुख लोकेन्द्र हाङ्गामले बताए ।
कोरोना जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर विमानस्थल खुला गरिने हाङ्गामले बताए छ ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले गत वैशाखबाट आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।