
२१ आषाढ २०७८, सोमवार
दोहा- साउदीको जेद्धास्थित नेपाली महावाणिज्यदूतावासले नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गरेको छ ।
जिजानमा क्षेत्रमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवामा ८० जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षणको गरिएको थियो ।
धेरैले राहदानी नवीकरण गर्नका लागि टाढा रहेको नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धासम्म गएर राहदानी नवीकरण गर्नु पर्ने खर्च र झन्झटबाट मुक्त भएको तथा नि:शुल्क स्वास्थ्य परीक्षण भएकोमा खुशी व्यक्त गरेका थिए ।