२० आषाढ २०७८, आइतवार

नेपालमा  आज १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।

त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ।

यस्तै आज २५५२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख नौ हजार २१८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर