मिति २०७८/०३/२० गते । उपत्यकामा आज हुने कार्यक्रमहरू।

१.सरस्वती प्रधानलाई न्याय दिलाउन संघर्ष समितिले जातिय विभेद बिरूद्ध हामी पनि साथ छाैँ तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु र निर्दोष महिला ३ दिन जेलमा थुनिनु सरासर गलत हो भन्दै सरस्वती प्रधानलाई न्याय दिलाउन हस्ताक्षर संकलन कार्यक्रम गर्ने । स्थान :- सुन्टोल, चलाखु टोल,ईपाटोल, वसिंमाक्व । समय :- ८:०० बजे ।

२.वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान २०७८ ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनितीकरण र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने । स्थान :- उपकुलपतिको कार्यालय, कीर्तिपुर । समय :- ८:०० बजे ।

३.स्वतन्त्र नागरिक समाजले शाहवंशीय राज संस्था सहितको प्रजातन्त्र पुन:स्थापना, हिन्दू अधिराज्य पुन:स्थापना, निषेधको राजनीति अन्त्य गरौं, राष्ट्रिय मेलमिलाप कायम गरौं, सैनिक हस्तक्षेप मार्फत नागरिक सरकार गठन गरौं लगायतका माग राखि अनिश्चित कालिन धर्ना कार्यक्रम गर्ने । स्थान :- माइतीघर मण्डला । समय :- ११:०० बजे ।

४.नेविसंघ,अखिल (क्रान्तिकारी) लगायत पाँच विद्यार्थी संगठनहरू (संयुक्त विद्यार्थी संगठन) ले प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पुर्व अध्यक्ष / नेताहरूसंग अन्तर्क्रिया कार्यक्रम गर्ने । स्थान :- रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग । समय :- १२:०० बजे ।

५.कालीगण्डकी सरोकार युवा काठमाडौंले जनबिरोधी, सभ्यताबिरोधी र पर्यावरण खल्वल्याउने कालीगण्डकी तिनाउ डाईभर्सन निर्णयका विरुद्ध बिरोध प्रदर्शन गर्ने । स्थान :- माइतीघर मण्डला । समय :- १३:०० बजे ।

६. संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने । स्थान :- संघीय संसद भवन, नयाँ बानेश्वर । समय :- १३:०० बजे ।

७.वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान २०७८ ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनितीकरण र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने । स्थान :- माइतीघर मण्डला । समय :- १६:०० बजे ।

८.अनेरास्ववियू, अखिल (क्रान्तिकारी) र नेविसंघ पाटन संयुक्त क्याम्पस कमिटीहरू (संयुक्त विद्यार्थी संगठनहरू) ले विभिन्न माग राखि क्यापस प्रशासनमा मिति २०७८/०३/१४ गते गरेको तालाबन्दी जारी । ९.नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्नो मागलाई बेवास्था गरेको भनि क्याम्पसको डिनको कार्यकक्षमा मिति २०७७/१२/३१ गते १२:४० बजे गरेको तालाबन्दी जारी ।

प्रतिक्रिया

सम्बन्धित खवर