
१९ आषाढ २०७८, शनिवार
नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो ।
पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ ।
यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ ।
यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।