१९ आषाढ २०७८, शनिवार

बलिउड अभिनेता आमिर खानले र पत्नी किरण राव सँग सम्बन्ध विच्छेद गरेकोे छ।

अभिनेता आमिर खानले र पत्नी किरण राव २८ डिसेम्बर २००५ मा बिहे भएको थियो । भारतीय मिडियामा आएका खबर अनुसार आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेद गरेको जानकारी दिएको छ ।

१५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरुले भनाइ रहेको छ ।

जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको बताएका छन्। आफूहरुले सहमतिमै एक–अर्काबाट अलग भएर बस्ने निर्णय गरेको बताएका छन् ।

अलग भएपनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा गरेका छन् । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् ।

उनीहरुले यो निर्णय लिदा परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर