१९ आषाढ २०७८, शनिवार

काठमाडौँ– भारतमा थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख १ हजार १८९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकै दिन ७९७ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर