
१९ आषाढ २०७८, शनिवार
पाल्पाको माथागढी गाउँपालिकाकी ७८ वर्षकी बृद्धलाई करणी गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
बुधबार मापसे गरी ७८ वर्षकी बृद्धलाई घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–७, का १९ वर्षका शंकर विकलाई पक्राउ गरेको हो ।
गाउँपालिकाको कुलो निर्माणका लागि लेबर काम गर्ने विकले ती बृद्धमाथि जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको युवकमाथि जजक मुद्दा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।