
१८ आषाढ २०७८, शुक्रवार
क्यानडा पठाइदिने भन्दै पैसा ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ४ तामाघाटका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।
अहिले काठमाडौं १० नयाँ बानेश्वर बस्दै आएका अधिकारीले सर्लाहीको लालबन्दी ७ घर भएका ३० वर्षीया यमुना बस्नेतबाट १७ लाख रुपैयाँ ठगि गरेको आरोप छ ।
अधिकारीले बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारी १७ लाख रुपैयाँ लिएको आरोप छ ।
रकम फिर्ता माग्दा आलटाल गरी सम्पर्क विहिन भई फरार रहेको भन्दै उनको नाममा उजुरी परेका थियो ।
महाशाखाको विशेष टोलीले मिति असार १७ गते उनलाई काभ्र १ दाहालगाउँबाट पक्राउ गरेको हो ।
साथै अधिकारलिे विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोप समेत लागेको छ ।
यो विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले उनीबाट पीडित भएकाहरुलाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।