
१८ आषाढ २०७८, शुक्रवार
निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् ।
निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।
हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ ।
बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले जानकारी दिए ।
‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।
कुमार र अर्जुन घिमिरेको लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथमा सागर लम्साल, हरि निरौला, दीपक आचार्य, कमलमणि नेपाल, गोविन्द कोइराला, रश्मी पाण्डे, प्रियाना आचार्य लगायतको अभिनय रहँदै आएको छ ।