१८ आषाढ २०७८, शुक्रवार
नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णय कुर्ने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।
असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन गर्न अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी गरेर सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न माग गरेका थिए ।
आफूहरुका माग सम्बोधन नभए नभए स्वतस्फूर्त रुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने व्यवसायीले चेतावनी समेत दिएका थिए ।
सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहततका निकाय, स्वास्थय मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए ।
प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।









