१८ आषाढ २०७८, शुक्रवार

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

https://amzn.to/4myfPN5

महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतकर्ता अपनाउन आग्रह गरेको हो ।

हाल देशभर सामान्यदेखि  पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।

शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर