
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक २१ घण्टापछि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो ।
बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट–१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो ।