सिद्धार्थ बैंक लिमिटेडले आफ्न ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अनतर्गत रहि ‘इजी बैंक’ सार्वजनिक गरेको छ ।

‘इजी बैंक’ मार्फत बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com मा गई वा सोझै https://easybank.siddharthabank.com लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न गर्न सक्ने बैंकले जनाएको छ।

यस प्लाटफर्ममा बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहेका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्ने बैंकले जानकारी दिएको छ।

हाल ‘इजी बैंक’ को प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाताखोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने तथा आफ्नो सिआर एन नं हेर्न सकिने पनि बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर