भारतमा एकैदिन ३७ हजारमा कोरोना  संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा  ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै  भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार  पुगेको छ ।

यस्तै भारतमा  एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ ।  यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।

भारतमा एकैदिन ५६ हजार ९ सय ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ९३ लाख ५९ हजार २०८ पुगेको छ ।

भारतमा हाल ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर