नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
केही समयअघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए ।
सोही स्थानमा दुई दिनको यात्रापछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको छ ।
संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढीको नगद तथा जिन्सी राहत वितरण गरेको छ ।
जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ ।
राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगायत रहेका छन् ।
राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत रहनु भएको छ ।
टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट बिदाई गर्नुभएको थियो ।
वितरण गरिएको राहात सामाग्रीको विवरण
- नगद तीन लाख लाख रुपैयाँ
- चामल ३४५० केजी (११५ बोरा)
- दाल ३७५ केजी (१५ बोरा)
- आलु ७५० केजी (१५ बोरा)
- प्याज २५० केजी (५ बोरा)
- तेल ६०० लिटर (१० बक्स)
- नुन १०० प्याकेट (२ बोरा)
- त्रिपाल ३६ थान
- व्ल्याङ्केट १६० थान
- लत्ताकपडा ३०० थान
- वाइवाइ ५० कार्टुन
- बिस्कुट १२ कार्टुन
यस वर्षको मनसुन प्रारम्भसँगै शुरु भएको वर्षात का कारण २०७८ असार १ गते मनाङका विभिन्न भूभागमा बाढी पहिरोबाट सार्वजनिक संरचना र व्यक्तिका सम्पत्तिको अकल्पनीय क्षति भएको थियो ।
क्षति स्थलहरुमध्ये घरहरु डुबी बगरमा परिणत भएको मजाङको तालमा ७० घर परिवार घरवारविहिन् भएका थिए ।
उक्त स्थलमा अहिलेसम्म प्रयाप्त राहात सामग्री पुग्न सकेको थिएन ।
जहाँ पीडा, त्यहाँ राष्ट्रिय युवा संघ भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपालले आज मनाङस्थित तालका ७० घरवारविहीन परिवारलाई संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले नासो गाउँपालिका वडा नं १ का वडाअध्यक्ष झलकमान गुरुङलाई क्षतिस्थलमै पुगी राहत सामग्रस् तथा नगद हस्तान्तरण गर्नु भएको छ ।
वितरण टोलीमा उपाध्यक्षद्वय क्षितिज थेवे र अमित लामा, महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटा, सचिव गोविन्द बस्नेत, स्थायी कमिटी सदस्यहरु सम्राट गौचन, अमित पौडेल,वकिल बम, पेम्बा घले, सन्तोष सिलवाल र बाबू छत्कुली, सचिवालय सदस्यहरु कृष्ण दत्त जैसी, सुदिप श्रेष्ठ, बेनी कार्की, अभिषेक तिवारी, राजु पहारी, ऋषि बस्नेत र मदन गुरुङ, केन्द्रीय सदस्य ह्रदयन्द्र आचार्य, राजेश श्रेष्ठ लगायत स्थानीय नेता कार्यकर्ताहरु हुनुहुन्थ्यो ।









