बुधबारदेखि सुरु इंग्ल्यान्ड र श्रीलंकाबीचको टी-२० श्रृंखलामा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । राति सम्पन्‍न खेलमा इंग्ल्यान्डले ८ विकेटको सहज जीत हात पारेको हो ।

श्रीलंकाले दिएको १३० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १७.१ ओभरमा २ विकेटको क्षतिमा भेटायो । इंग्ल्यान्डको जीतमा जस बट्लर अविजित रहँदै ६८ रनको योगदान दिए । त्यसैगरी जेसन रोयले ३६ रन बनाए । श्रीलंकाका इसुरु उडाना र दुस्मान्था चमीराले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो । दसुन शनकाले ५० तथा कुसल परेराले ३० रन बनाएका थिए ।

इंग्ल्यान्डका साम करान र आदिल राशिदले २-२ विकेट लिँदा क्रिस जोर्डन, लियाम लिभिङस्टोन र मार्क वूडले १-१ विकेट हात पारेका थिए ।

दोस्रो टी-२० आजै राति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर