नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने बताएका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र जनताको मजबुत एकताका लागि आफू लडिरहने उल्लेख गरे ।

“तपाईंहरु सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिँदैनौँ । धेरै नेपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता–कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र, लोकतन्त्र पनि बच्छ र राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ,” उनले भने ।

प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने जिकिर गरे ।

सोमबार साँझ चितवन पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा बाढीले डुबानमा परेको वडा नम्बर–२६, सिसईलगायत क्षेत्रको अनुगमन पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर