नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो ।

खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

https://amzn.to/4myfPN5

बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेका छन् । पन्त काठमाडौंमै उपचारत छन् ।

यो समूहको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर