डेनमार्कका फूटबल खेलाडी क्रिस्टियन एरिक्सेन युरो कप २०२० को फिनल्याण्ड संग खेल हुदा हटआटेक भएर हस्पिटल भर्ना भएका खेलाडी ले अहिले आफुलाई ठिक भएको आफ्नो ईस्टग्राम पोस्ट मार्फत जानकारी गरेका छन।

२९ बर्षीय मिड्फ़िल्डर जुन इन्टर मिलान कल्ब मा खेल्ने खेलाडी हुन्। यूरो कपको बि ग्रुपको सुरुवाती खेल मा गत शनिबार फिनल्याण्ड विरुद्ध खेलमा अचानक मैदान मा ढलेका थिए। तपाईको मीठो र अद्भुत बधाई र संसारभर बाट सन्देशहरु को लागी ठूलो धन्यवाद यो म र मेरो परिवारको लागि धेरै अर्थ राख्छ, ”उनले हिजोको पोष्टमा लेखेका छन्।

डेनमार्कका मिडफील्डर एरिक्सन अस्पताल बाट आफु ठिक भएको जानकारी दिएका छन् “म ठीक छु – परिस्थितिमा, मैले अझै अस्पतालमा केही जाँचहरू पार गर्नुपर्‍यो, तर मलाई ठीक लाग्छ,” उनले ओछ्यानमा पल्टिदै मुस्कुराउँदै थम्ब्स-अप सहितको एउटा फोटोसहितको एक पोस्टमा लेखेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर