नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेद्वारा बाँके र केयर नेपालको सहयोगमा जिल्लाको बैजनाथ गाउँपालिका बाहेक सबै पालिकामा स्वास्थ्य सामग्रीहरु वितरण गरिने भएको छ। जिल्लाको बैजनाथ गाउँपालिकामा स्वास्थ्य सामग्री आवश्यक नपरेको हुनाले त्यहाँ वितरण नगरिने महासंघका अध्यक्षले जानकारी गराए।


यस वितरण कार्यक्रम अन्तर्गत आज नेपालगंज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकामा २ चरणमा वितरण गरियो। प्रथम चरणमा नेपालगंज उपमहानगरपालिकालाई घरेलु तथा साना उद्योग महासंघ र केयर नेपालको सहयोगमा ने रु १,१३,५८५ बराबरको सर्जिकल तथा मास्क सेनीटाईजर पीपीई लगायतका स्वास्थ्य सामग्री वितरण गरियो। उक्त वितरण कार्यक्रम नेपालगंज उपमहानगरपालिकाको भवनमा उपमहानगर प्रमुख डा धवल शम्शेर राणाको प्रमुख आतिथ्यता, उपप्रमुख उमा थापा,प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, नेपालगञ्ज उपमहानगरपालिका महासंघ समितीको उपस्थितिमा वितरण गरियो।


यस्तै दोश्रो चरणको कार्यक्रममा कोहलपुर नगरपालिकामा ने रु ८३,७३० बराबरको सर्जिकल तथा मास्क सेनीटाईजर पीपीई लगायतका स्वास्थ्य सामग्री वितरण गरियो। उक्त वितरण कार्यक्रम नगरपालिका भवनमा नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आथित्यता, उपप्रमुख सन्जु कुमारी थारु, आर्थिक विकास शाखा संयोजक र कोहलपुर नगरपालिका महासंघ समिति र महिला उद्यमी समितिको उपस्थिति रहेको थियो।


यी सबै सामाग्रीहरु आइसोलेसन केन्द्रमा प्रयोगमा आउनेछन्।
भोलि खजुरा गाउँपालिकामा वितरण गर्ने र लगत्तै अन्य बाँकी पालिकाहरुमा पनि वितरण गर्ने जानकारी नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर