गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ। बिहीबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। मुख्यमन्त्री गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने र विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ।

मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने आधार देखिएको छैन। मन्त्री दिपक मनाङेले गुरुङको साथ छोडेपछि गुरुङको पक्षमा एमालेका २७ सांसद मात्रै देखिएका छन्। बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ।

https://amzn.to/4myfPN5

१६८ (५) अनुसार बन्ने सरकारका लागि विपक्षी दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अगाडि सार्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर