
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ । मंगलबार लुम्बिनी प्रदेशले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ ।
‘प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउनुका साथै सूचना प्रविधि सम्वन्धी क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गरी रोजगारीमा बृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन प्रदेश सरकारका कामकारवाहीलाई सूचना प्रविधिसँग जोडी सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाइने बताइएको छ ।