नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव नेपालको आगामी यात्रालाई अवरोध गर्न नहुने तर्क गरेका छन् । पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेको माधव नेपाल समूहका सांसदले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि उनले यस्तो तर्क गरेका हुन् ।

मंगलबार अपरान्ह सामाजिक सञ्जालमा आक्रोश पोखर्दै उनले नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका छन् । ‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बाँस्कोटाले आक्रोश र व्यङ्ग पोख्दै लेखेका छन् ।

https://amzn.to/4myfPN5

उनले अगाडि थपेका छन्, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना!!’

प्रतिक्रिया

सम्बन्धित खवर