काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अस्पतालमा २७ हजार ५ सय शय्‍या रहेको र तीमध्ये हाल ८ हजार मात्र प्रयोगमा रहेको दावी गरेका छन्।

संघीय संसदमा आफूले राखेको विश्वासको मतको प्रस्तावमा नेताहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हुन सक्छ केही ठाउँमा धेरै विरामी हुँदा शय्याको अभाव छ तर देशभर रहेका २७ हजार ५ सय शय्यामध्ये ८ हजारमा मात्र अहिले विरामी छन्।’

प्रधानमन्त्री ओलीले देशभर रहेका शय्यामध्ये १६ हजार सरकारी अस्पतालमा रहेको बताएका छन्।

उनले देशभर हाल ३ हजारको संख्यामा आईसीयू बेड रहेको र तीमध्ये १७ सय वटा कोरोना महामारीयता तयार भएको बताएका छन्। जबकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकमा देशभर करिब १८ सय आईसीयू बेड रहेको तीमध्ये ११ सय जति प्रयोगमा रहेको उल्लेख थियो।

यसैगरि प्रधानमन्त्री ओलीले हाल देशभर ११ सय भेन्टिलेटर रहेको र तीमध्ये ५ सय ५० वटा कोरोना महामारीयता थपिएको दावी गरेका छन्।

उनले देशभर रहेका करिब २ हजार एचडीयूमध्ये १८ सय वटा प्रयोगमा रहेको र यो पूरा सिस्टम आफ्नो पालामा तयार भएको दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर