२० बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन्।

https://amzn.to/4myfPN5

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि जानकारी दिए।

यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षसम्म करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री केपी ओलीले सार्वजनिकस्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटलमा आइसोलेसन र क्वारेन्टाइन बनाइने बताएका छन् ।

उनले नेपाली सेनालाई १ हजार बेडको अस्पताल बनाउन निर्देशन दिइसकेको जानकारी समेत गराए।

‘उपत्यकाको सरकारी र मेडिकल कलेज कोभिड अस्पतालमा प्रयोग गरिन्छ । साना अस्पताललाई नन कोभिड बनाइन्छ’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर