
बाँके जिल्ला कोरोनाबाट अति नै प्रभावित भएको अवस्थामा कोहलपुर उद्योग वाणिज्य संघद्वारा कोहलपुर नगरकार्यपालिका वडा नं. २ प्रेम नगर अवस्थित “कोभिड अस्थाई अस्पताल”का लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर नगर प्रमुख र उप-प्रमुखको रोहबरमा हस्तान्तरण गरेको छ।
संघले जिल्लामा कोरोनाका बिरामी बढेको अवस्थामा गरेको सहयोगले केहि भए पनि राहत मिल्ने नगरप्रमुख तथा उपप्रमुखले जानकारी गराउनु भयो। यस्तो विषम परिस्थितिमा नागरिक आफैमा सचेत रही सरकारले तोकेको स्वस्थ मापदण्ड पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो।