
१९ बैशाख २०७८
कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ ।
एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको हो ।
कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु मृत्यु भएको थियो ।
गएको बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।
एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको हो ।
एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।