१४ बैशाख २०७८

पछिल्लो २४ घण्टामा ४५ सय २४ जनालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ५ सय ५५ जना संक्रमणमुक्त हुनुका साथै १८ जनाको मृत्यु भएको छ ।

आज थपिएको संख्या अघिल्लो दिनको तुलनामा ९ सय ६८ बढी हो ।

हिजो ३५ सय ५६ जनालाई संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ जनाकाे पीसीआर र १ हजार ९ जनाकाे एन्टीजेन परीक्षण भएको थियो ।

जसमा पीसीआर परीक्षण गर्दा ४३ सय ६४ र एन्टीजेन परीक्षणमा १ सय ६० जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ भने २ लाख ७८ हजार ५ सय ६ निको भएका छन् भने ३१ सय ९४ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर