९ बैशाख २०७८, बिहिवार

मलेसियामा सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक नवीन तामाङ घिसिङ दुर्घटनामा परि गम्भीर घाइते भएको छ।

https://amzn.to/4myfPN5

मलेसियाको जोहोरबारुमा अवस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी  सेक्युरिटी कम्पनीसंग आबद्द रहि बिगत १६ महिनादेखि सुरक्षागार्डको रुपमा काम गर्दै आएका  ओखलढुंगा , सुनकोसी गाउँपालिका निवासी नवीन तामाङ (घिसिङ) आफ्नो कार्यक्षेत्रमै रोजगारीमै रहेको बेला मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुन ।

दुर्घटनामा परि गम्भीर घाइते भएका नवीन बेहोशी अवस्थामानै रहेको बताइएको छ।

थप उपचारको लागी जोहोरमै नजिकैको अस्पतालमा भर्ना गरिएको र डाक्टरले अपरेसन पनि गरिरहेको तर घाइते नवीन होसमा आउन करिब ५,६ घण्टा लाग्न सक्ने कम्पनी स्रोतलाई उद्ध्त गर्दै नेपाली दूतावास मलेसियाको जन सम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर