५ बैशाख २०७८

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री रामबहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्नुभएको छ ।

https://amzn.to/4myfPN5

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आज स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उहाँलाई आजै पुनः नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाको सचिवालयका अनुसार उहाँले आज साँझ ५ बजे पुनः गृहमन्त्रीमा शपथ लिंदै हुनुहुन्छ ।

थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उहाँको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर