५ बैशाख २०७८

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् ।

https://amzn.to/4myfPN5

ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् ।

सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।

संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई सभामुखले अड्काएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासा बोलाएको सर्वदलीय बैठकमा सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे ।

बैठकमा एमसीसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरुले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा देखिएका छन् ।

संसदबाट एमसीसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधानमन्त्री ओली रहेका छन् ।

प्रम ओलीले बनाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएनन् ।

राजधानि दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर