३ बैशाख २०७८

https://amzn.to/4myfPN5

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोराेना  अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

मन्त्रालयले ती जिल्लामा विद्यालयमा छोराछोरी नपठाउन अभिभावकलाई अपील गरेको छ ।

त्यस्तै रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थानमा सहभागी नहुन पनि स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

बिहीबार  सिसियमसि काे बैठकले सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस संयोजक ईश्वर ढकालले जानकारी दिए ।

त्यस्तै जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर