३ बैशाख २०७८
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछी सरकार ढल्ने भएको छ ।
मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गर्दै प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्मन्त्रीको रूपमा अघि बढाउँदै गण्डकी प्रदेशका मुख्य मन्त्री विरुद्ध अबिश्वासकाे प्रस्ताव बिहीबार दर्ता भैसकेको छ ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र र खास गरेर पूर्व समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने जनता समाजबादी पार्टीका २ सांसद्ले समेत हस्ताक्षर गरेका छन् गण्डकीमा जनमोर्चा निर्णायक बन्ने देखिएको छ ।
गण्डकीमा हाल एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ ।
२५ चैतमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो ।
यद्यपि सरकारलाई दिइएको समर्थन माओवादी केन्द्रले भने फिर्ता लिइसकेको छैन ।
समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेको छन ।
यसैगरी स्याङ्जा जिल्लाको काली गण्डकी गाउँ पालिकामा केहि अन्य पाटिका कर्याकर्ताहरुले प्रचण्ड लाई साथ दिन भन्दै पाटि प्रवेश गरेका छन ।