२८ चैत्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना नभए लक डाउन हुन सक्ने बताएका छन् ।

सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन भएकाले सचेत नबने फेरी लक डाउनको अवस्था आउने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गष्र्दै ओलीले सचेत नबने फेरी लक डाउनको अवस्था आउन सक्ने बताएका हुन् ।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ ।

सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ ।    समयमै सचेत बनौँ ।’

उनले कोभिड नियन्त्रण गर्दै गएपछि उद्योग चलाउन सक्ने, सुरक्षित हुन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर