२३ चैत्र २०७७

डिभिजन सडक कार्यालय पाल्पाले सडक सीमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु भत्काउन शुरु गरेको छ ।

पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत घरधनीहरुले भौतिक संरचना नहटाएपछि सडक कार्यालयले डोजर प्रयोग गरी स्थायी तथा अस्थायी भौतिक संरचना हटाउन थालेको हो ।

पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्मका अतिक्रमित भौतिक संरचना हटाउने र दोस्रो चरणामा तानसेन तम्घास सडक खण्डका अतिक्रमित संरचना हटाउने डिभिजन सडक कार्यालयका ईन्जिनियर राम पियारी चौधरीले बताउनु भयो ।

सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्म दुई लेनको पूर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकाले त्यस अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय सक्रिय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर