२२चैत्र २०७७

आईतवार मलेसियाबाट एकैदिन १२ वटा शव नेपाल ल्याइएको छ ।  नेपाल एयरलाइन्स मार्फत ल्याइएको हो । आइतवार युएई, साउदी अरेविया लगायतबाट पनि थप शव नेपाल ल्याईंदैछ ।

https://amzn.to/4myfPN5

वैदेशिक रोजगार बोर्डका अनुसार आइतवार ल्याइएका शव मध्ये महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्र कुमार साह, गोर्खाका मेघ बहादुर कुँवर तथा सूर्य विकको रहेको छ । यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बाग्लुङका चन्द्र बहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्वल भुजेलको शव आइतवार आयको हो ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई मलेसियाबाट आउने शव बुझ्न गएका व्यक्तिलाई भेट्न त्रिभुवन विमानस्थल पुगेका छन् ।

यसरी नेपाल ल्याइएका शव मध्ये गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि रहेको थियो ।

उनीहरु भट्टराईको निर्वाचन क्षेत्रका बासिन्दा रहेका कारण परिवारलाई सान्त्वना दिन तथा मृतकलाई श्रद्दाञ्जली दिन भट्टराई विमान स्थल पुगेका थिए ।

भट्टराईले ट्विटरमा लेखेका छन्: कस्तो दु:खद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । ती मध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र ।

वैदेशिक रोजगारमा गएर ज्यान गुमाउने मध्ये ठूलो संख्या मलेसियामा नै देखिएको छ ।तेस्तै  साउदी अरब र कतारमा सबैभन्दा उच्च छ ।

मलेसियामा मृत्यु हुने मध्ये आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर